विवाह बन्धनमा बाँधिए सलोन र करिश्मा(तस्विर)

अभिनेता सलोन बस्नेत प्रेमिका करिश्मा केसीसँग विवाह बन्धनमा बाँधिएका छन् । सोमबार चन्द्रागिरि रिसार्टमा परिवार, आफन्त र फिल्मकर्मीहरुको उपस्थितिमा उनीहरुले लगनगाँठो कसेका हुन् । यतिबेला उनीहरुको चन्द्रागिरी हिल्स रिसोर्टमा विवाह भइरहेको छ ।




करिश्मा पेशाले एयर होस्टेस् हुन् । सलोन र करिश्मा तीन वर्षदेखि प्रेम सम्बन्धमा थिए । उनीहरुले ‘यति माया गर्दा पनि’ बोलको एक म्यूजिक भिडियोमा अभिनय समेत गरेका छन् । करिश्माले बर्षा राउत र संजोग कोइरालाले दरबारमार्गमा सञ्चालन गरेको कोरियन रेष्टुरेन्ट ‘जेजु डो’ मा लगानी पनि गरेकी छन् । विहान १० बजेतिर बेहुली लिनका लागि चन्द्रागिरीस्थित निजी निवासबाट जन्तीसहित सलोन केवलकार चढेर चन्द्रागिरी हिल्स रिसोर्टमा पुगेका थिए ।

Leave a Reply