‘हात्तीछाप’ बनाउँदै ‘२ नम्बरी’ निर्माता किरण नेपाली

चलचित्र ‘पोई पर्‍यो काले’ र ‘२ नम्बरी’ फेम्ड निर्माता किरण नेपाली नयाँ चलचित्र निर्माण गर्ने तयारीमा जुटेका छन् । ‘पोई पर्यो काले’को सिक्वेल ‘पोई पर्‍यो बुढो’ बनाउने तयारी गरेका उनले यो चलचित्रको कामलाई हालको लागि पोष्टपोन्ड गरेका छन् । उनले, यो चलचित्र भन्दा अगाडि नयाँ चलचित्र ‘हात्तीछाप’ बनाउने निर्णय गरेका छन् । यसै वर्षको चैतबाट चलचित्रको छायांकन सुरु गर्ने तयारीमा उनी छन् ।

चलचित्रलाई सफल लेखक प्रदीप भारद्धाजले लेखेका हुन् । किरणले भने–‘हातीछाप’ नामक चलचित्रको कथा पढेपछि म प्रभावित भएँ । यसैले, पहिला यो चलचित्र बनाउने निर्णय गरेका हुँ । पोई पर्यो बुढो यो चलचित्रपछि बन्छ ।’ रेड बर्ड प्रोडक्शनको प्रस्तुतिमा यो चलचित्र बन्नेछ । चलचित्रका लागि निर्देशक र कलाकार केही दिनमा फाइनल हुने बताईएको छ। ‘हात्तीछाप’लाई सस्पेन्स, थ्रिलर र कमेडी जनरामा निर्माण गरिनेछ ।

Leave a Reply