‘छक्का पञ्जा ४’को डिजिटल राइट्स बिक्री

यस वर्षको प्रतिक्षित चलचित्र ‘छक्का पञ्जा ४’को डिजिटल राइट्स बिक्री भएको छ । निर्माण सम्पन्न भएर प्रदर्शनको लागि तयार चलचित्रको डिजिटल राइट ओएसआरले खरिद गरेको हो। मंगलवार ओएसआर डिजिटलका सञ्चालक ओम प्रकाश अग्रवाल र निर्माता दीपकराजबीच डिजिटल राइट्स खरिद-बिक्रीको सम्झौता पत्रमा हस्ताक्षर भयो । चलचित्रको डिजिटल राइट्सको बिक्री मूल्य गोप्य राखिएको छ ।

आगामी फागुन १९ गतेबाट देशभर प्रदर्शनमा आउने चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’, बेनिशा हमाल, मलिना जोशी, नीर शाह, राज घिमिरे, निर्मल शर्मा, रमेश बुढाथोकी, सुवास गजुरेललगायत कलाकारहरूको अभिनय रहेको छ । दीपक–दीपा प्रस्तुतकर्ता रहेको चलचित्रको कार्यकारी निर्माता केदारप्रसाद घिमिरे र निर्मल शर्मा रहेका छन् । चलचित्रको छायांकार नरेन्द्र मैनाली हुन् । आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको चलचित्र ‘छक्का पञ्जा–४’लाई हेमराज बिसीले निर्देशन गरेका हुन्।

Leave a Reply