गगन थापाका लागि भोट माग्दै केकी अधिकारी

अभिनेत्री केकी अधिकारीले काठमाडौ-४ का कांग्रेस उम्मेदवार गगन थापालाई भोट मागेकी छन् । केकीले भोट मागेको भिडियो सन्देशलाई गगनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । भिडियोमा केकीले सफल राजनीतिज्ञको रुपमा गगनको उदय होस् भन्ने अपेक्षा व्यक्त गरेकी छन् ।

गगनबारे केकी भन्छिन्, ‘राष्ट्रप्रतिको निष्ठा, जनताप्रतिको सेवाभाव र इमान्दारिता, संसदप्रतिको लगाव प्रशंसनीय छ । कोभिड महामारीको समयमा उहाँले म र मेरा शुभचिन्तकको प्रश्नको जवाफ दिनुभएको थियो ।’

नेपाली कला, साहित्य, संगीत र चलचित्रप्रति गगन थापाको अभिरुचि आफूले पाएको पनि उनले बताएकी छन् । ‘संसदमा उहाँले राष्ट्रिय चासोका विषयमा खबरदारी गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो,’ केकीले भनेकी छन् ।

Leave a Reply