दुर्घटनामा चर्चित गायक निशान भट्टराईको निधन

गायक निशान भट्टराईको सडक दुर्घटनामा परी निधन भएको छ। ट्राफिक प्रहरी प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार भट्टराईको कार तीनकुनेमा दुर्घटनामा परेको हो ।

उनी आफैंले चलाएको गाडी तीनकुनेमा पोलमा ठोक्किएको थियो । गम्भीर अवस्थामा उनलाई वीर अस्पतालको ट्रमा सेन्टर पुर्याइएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको थियो ।

भट्टराई दरबारमार्गमा रहेको वान थाई रेस्टुरेन्टमा आफ्नो नियमित गायन प्रस्तुति सकेर घर फर्किने क्रममा दुर्घटनामा परेको बताइएको छ ।
गायक भट्टराईको ‘कामनाले भरिएको…’ पहिलो गीत हो । दीर्घ सिंह बमको रचनामा उनले पहिलो गीत रेडियो नेपालमा गाएका थिए । उनले ‘माया गर माया गर…’, हेर धर्ती…’ जस्ता धेरै लोकप्रिय गीतहरु गाएका हुन्।

Leave a Reply