‘डिसेम्बर फल्स’को ‘चार घण्टा कुरेको’ गीतमा रोमान्टिक आर्यन र उपासना

अभिनेता आर्यन सिग्देललाई दर्शकले अब प्रेम कथानक चलचित्र ‘डिसेम्बर फल्स’ मार्फत ठूलो पर्दामा हेर्न पाउने भएका छन् । उनको प्रेमीकाको रुपमा देखिदैछिन्, अभिनेत्री उपासना सिंह ठकुरी । आर्यन र उपासना पहिलोपटक संगै अभिनीत ‘डिसेम्बर फल्स’ वर्षकै प्रतिक्षित चलचित्रका रुपमा रहेको छ । पुस १५ गते देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको ‘चार घण्टा कुरेको’ बोलको प्रेमील गीतको हालै छायांकन सम्पन्न भएको छ ।

भक्तपुर दरबार स्क्वायरमा भब्य सेट निर्माण गरी चार दिन लगाएर खिचिएको गीतमा आर्यन र उपासनालाई कोरियोग्राफर रामजी लामीछानेले निकै रोमान्टिक रुपमा प्रस्तुत गरेको बताइन्छ । दीपक शर्माको शब्द र संगीत रहेको गीत निशान भट्टराई र मेलिना राईले गाएका हुन् ।

भारतीय चलचित्र उद्योगमा कार्यरत निर्देशक प्रवीण ओझाको निर्देशन र महेश आर गुप्ताको छायांकन रहेको चलचित्रलाई युवा निर्माता रामप्रसाद रिजालले निर्माण गरेका हुन् । रिजालले यसअघि ‘वान डे’, ‘कसम’,धुवाँ यो नशा’ र ‘कायरा’ निर्माण गरिसकेका छन् । ‘डिसेम्बर फल्स’ उनको पाँचौ चलचित्र हो । दुई साताअघि सार्वजनिक फस्र्टलुक पोस्टरले चर्चा पाइरहेको चलचित्रको टिजर केही दिनमै दर्शकमाझ ल्याउने तयारी निर्माण पक्षको छ ।

आर्यन, उपासना, सुमन थापा, नरेश भट्टराईका साथमा सलोन बस्नेत, शिवहरि पौडेल, नागेन्द्र रिजाल, शिसिर राणालगायत कलाकारको अभिनय रहेको चलचित्र रिजाल एण्ड रिजाल प्रोडक्शनको ब्यानरमा निर्माण भएको हो । रामप्रसाद रिजालको प्रस्तुति, लक्ष्मण रिजाल र असिम काफ्ले कार्यकारी निर्माता रहेको चलचित्रको निर्मातामा रामप्रसाद रिजाल र राजकुमार भट्ट छन् । बिपीका खनालको कथा, केदार भुसाल र प्रतिक पौडेलको पटकथा/सम्वाद रहेको चलचित्र बनिष शाहले सम्पादन गरेका हुन् । दीपक शर्मा, कोसिस क्षेत्री, सुसान्त गौतम र प्रतिक पौडेलको संगीत, कविराज गहतराज, रामजी लामीछाने, शिसिर खाती र प्रवीण सिंहको कोरियोग्राफी तथा श्री श्रेष्ठको द्धन्द्ध निर्देशन रहेको चलचित्रलाई श्रीराम बालाजी फिल्मस्का सुनील मानन्धरले वितरण गर्दैछन् ।

Leave a Reply