दीपेन्द्रको निर्देशनमा ‘चंगाचेट २’ निर्माण हुने , अर्पण मुख्य भूमिकामा

२०७५ सालमा प्रदर्शन भएको चलचित्र ‘चंगाचेट’को दोस्रो सिरिज निर्माण हुने भएको छ । निर्मात्री शर्मिला पाण्डेले शुक्रवार चलचित्र विकास बोर्डमा चलचित्रको नाम दर्ता गराएकी हुन् । चलचित्रलाई दीपेन्द्र के. खनालले निर्देशन गर्नेछन् । यसको अघिल्लो श्रृंखला पनि उनैले निर्देशन गरेका थिए ।

‘चंगाचेट’लाई माधव वाग्लेले निर्माण गरेका हुन् । चलचित्र प्रदर्शनको समय वाग्लेलाई समस्या उत्पन्न भएपछि निर्मातामा शर्मिला जोडिएकी थिइन् । निर्माता वाग्लेबाट ‘चंगाचेट’को अधिकार लिएर शर्मिलाले चलचित्र बनाउन लागेकी हुन् । यो चलचित्रको ‘गोजीमा दाम छैन’ बोलको गीत अहिले पनि चर्चामा छ ।

‘चंगाचेट २’मा मुख्य कलाकारको रुपमा अभिनेता अर्पण थापा फाइनल भइसकेका छन् । अन्य कलाकार भने स्क्रिप्ट फाइनल भएपछि मात्र छनोट गरिने निर्माण टिमको तयारी छ ।

Leave a Reply