‘कबड्डी’को अन्तिम सिरिजपछि ‘मास्टर बमकाजी’ बन्ने(तस्वीर)

रामबाबु गुरुङ निर्देशित तथा निर्मित सुपरहिट चलचित्र ‘कबड्डी’ को चौथौ सिक्वेल ‘कबड्डी ४’ले नेपाली बक्सअफिसमा धमाका मच्चाइरहेको छ । यस वर्षको प्रतिक्षीत चलचित्र ‘कबड्डी ४ : द फाइनल म्याच’ ले प्रदर्शनमा उत्रिएदेखि हाउसफुलको व्यापार गरिरहेको छ । आक्रामक ओपनिङ गरेको चलचित्रले पहिलो दिन शुक्रबार २ करोड ९० लाख रुपैयाँको कमाइ गरेको थियो ।

‘कबड्डी ४’, ‘कबड्डी’को अन्तिम सिरिज हो । अब भने ‘कबड्डी’ सिरिजको महत्त्वपूर्ण पात्र बमकाजीमा केन्द्रित भएर नयाँ चलचित्र बन्ने भएको छ । चलचित्रको अन्तिममा अब ‘मास्टर बमकाजी’ चलचित्रमार्फत् भेट्ने वाचा गरिएको छ । ‘कबड्डी’ सिरिजमा अभिनेता सौगात मल्लले बमकाजीको भूमिका निर्वाह गरेका छन् ।

दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर अभिनित चलचित्र अष्ट्रेलिया, बेलायत र अमेरिकामा पनि एकसाथ प्रदर्शन भएको छ । भारत र नेपालबाहेकका विदेशी मुलुकबाट ‘कबड्डी ४’ले २ करोड रुपैयाँ नेट कलेक्सन गरिसकेको छ भने डिजिटल राइटबाट झण्डै एक करोड आर्जन गरेको छ । डिजिटल र ओभरसिज राइटबाटै चलचित्रले लगानी उठाइसकेको छ ।

तस्विरमा ‘कबड्डी ४’ को प्रिमियर!


तस्वीर : भद्र बहादुर कार्की/कोरिबाटी

Leave a Reply