‘प्रेमगीत ३’ दशैंमा प्रदर्शनमा आउने

चलचित्र ‘प्रेमगीत ३’ले नयाँ प्रदर्शन मिति घोषणा गरेको छ । चलचित्रको नयाँ पोस्टर सार्वजनिक गर्दै प्रतीक्षित चलचित्र आगामी असोज ७ गतेबाट देशभर प्रदर्शन हुने निर्माता सन्तोष सेनले जानकारी दिएका छन् ।

हिन्दी र नेपाली भाषामा निर्माण भएको चलचित्र दशैँको अवसरमा घटस्थापनाको तीन दिन अगाडि प्रदर्शन हुने छ । दुई वर्षअघि चैत २८ लाई प्रदर्शन मिति तय गरेर प्रदर्शन हुन नपाएको चलचित्रलाई स्वर्गीय छेतन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेका हुन् ।

चलचित्रमा प्रदीप खड्का तेस्रो पटक ‘प्रेम’को रुपमा देखिँदैछन् भने नव-अभिनेत्री क्रिस्टिना गुरुङ ‘गीत’ र सन्तोष आफैँ ‘अंगत’को भूमिकामा पर्दामा देखिनेछन् । प्रदीप र क्रिस्टिनाका साथमा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेतलगायतका कलाकारको पनि अभिनय हेर्न सकिनेछ ।

Leave a Reply