‘हनी बनी’मा भित्रिइन् जसिता गुरुङ

दीवाकर भट्टराईको निर्देशनमा बन्न लागेको चलचित्र ‘हनी बनी’मा अभिनेत्री जसिता गुरुङ भित्रिएकी छन् । शनिवार जसितासँग बेलायतमा कागजी सम्झौता गरेका दीवाकरले जसितासँग तस्बिर पोस्ट गर्दै भनेको छन्, ‘वेलकम टु हनी बनी जसिता।’ यसअघि चलचित्रमा अभिनेत्री सारा सिरपाली अनुबन्धित भएकी थिइन् । तर, उनको भिसा नलागेपछि निर्माण टिमले उनको ठाउँमा जसितालाई अनुबन्ध गरेको हो ।

यस चलचित्रमा मुख्य अभिनेताको भूमिकामा अनमोल केसी अनुबन्धित भएका थिए तर, अन्तिम समयमा उनले चलचित्र छाडेका थिए। अभिनेता केसीले चरित्र निर्वाह गर्न सक्नेमा शंका व्यक्त गरेपछि निर्माण टिम र उनीबीच चलचित्र नगर्ने सहमति भएको थियो । केही दिन वर्कसप समेत गरेका उनको चलचित्रको छायांकनका लागि बेलायतको भिसा समेत आइसकेको थियो ।

कम्पनी एबी इन्टरनेशलको प्रस्तुती रहने चलचित्रमा गौतम प्रोडक्सन र भ्वाइस फिल्मस् लिमिडेटले सहकार्य गरेका छन् । अमित बस्नेत, अजित केआर थापा र परी राना निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा अंकित गौतम छन् । चलचित्र ‘हनी बनी’ आगामी दशैंको अवसरमा असोज १४ गते प्रदर्शन हुने छ।

Leave a Reply