शिल्पा र अकेशाको ‘लाइफ इन एलए’को ट्रेलर सार्वजनिक

चलचित्र ‘लाइफ इन एलए’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा अकेशा विष्ट, शिल्पा मास्के र ब्यास बिस्सुको त्रिकोणात्मक प्रेमकथा देखाइएको छ र साथै ग्रिनकार्ड पाउन गर्ने संघर्ष पनि प्रस्तुत गरिएको छ । नेपाल र अमेरिकामा छायांकन गरिएको चलचित्र आउँदो जेठ ६ गते प्रदर्शन हुनेछ ।

नेपालभन्दा पहिला अमेरिकाको विभिन्न ठाउँमा प्रदर्शन भइसकेको सूर्य एन श्रेष्ठ निर्देशित चलचित्रमा शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, प्रविन खत्रीका साथै अमेरिकाका कलाकार जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको पनि अभिनय छ । अमेरिकामा बसोबास गर्ने नेपालीहरुको कथामा निर्माण भएको चलचित्रलाई ब्यास बिस्सुले निर्माण गरेका हुन् । संसार अन्जान सुवेदी कार्यकारी निर्माता रहेको चलचित्रमा अमेरिकाको लागि राजेन्द्र ठकुराथी निर्मातामा छन् ।

Leave a Reply