‘वर एण्ड वधु’ बाट चलचित्रमा डेब्यु गर्दै हिमेश पन्त

कमेडी च्याम्पियनको पहिलो सिजनका विजेता हिमेश पन्त नेपाली चलचित्रमा प्रवेश गर्दैछन् । मिलन चाम्सले निर्देशन गर्ने चलचित्र ‘वर एण्ड वधु’ बाट हिमेशले चलचित्र क्षेत्रमा डेब्यु गर्न लागेका हुन्।स्ट्यान्डअप कमेडीबाट चलचित्रको पर्दामा देखिने तयारीमा रहेका उनले चलचित्रमा गैरआवासीय नेपाली (एनआरएन)को भूमिका निर्वाह गर्ने छन् ।

चलचित्रमा आँचल शर्मा, विवेक कर्माचार्य, किरण केसी, बुद्धि तामाङ, विजय लामा लगायतको अभिनय रहने छ । चलचित्रमा विवेकको जोडी आँचलसँग बाँधिनेछ । कमेडी र प्रेमकथामा आधारित रहने चलचित्रमा आँचल ‘बधु’को भूमिकामा देखिने छिन् भने विवेक ‘वर’को। एल आर के इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने चलचित्रको केही दिनमा छायांकन सुरु हुनेछ।

Leave a Reply