सरीता लामिछानेको ‘सरी मम’ को छायांकन सुरु

बिहिबार भद्रकाली मन्दिरमा शुभमुहूर्त गर्दै चलचित्र ‘सरी मम’को छायांकन सुरु गरिएको छ । क्यामेरा पुजा गर्दै थालिएको छायांकन अभिनेत्री सरीता लामिछाने र प्रभात पलले मुहूर्त सर्ट दिएका थिए । निर्माता तथा वितरक गोपाल काजी कायस्थले क्ल्याप हानेको मुर्हुत सर्टको निर्देशन रञ्जीत रानाले गरेका थिए ।

विनोद लामाको प्रस्तुतीमा निर्माण हुने चलचित्रमा सरिता र प्रभातका अलवा सरोज खनाल, विजय लामा, एलिस राई, विहान श्रेष्ठ, रेजिना मगर, युनिषा बजगाई र प्रविल कटुवालको अभिनय रहने छ । चलचित्रको सम्पुर्ण छायांकन बागमती र गण्डकी प्रदेशमा गरिनेछ ।

एनएफआई क्रियसनको व्यानरमा निर्माण हुने चलचित्रलाई नविन बोगटीले निर्देशन गर्दैछन् । उनले यहि चलचित्रबाट निर्देशनमा डेव्यु गर्दैछन् । ३० को छायांकन सेड्युल राखिएको चलचित्रलाई दीर्घ गुरुङले छायांकन गर्नेछन् । सामाजिक कथावस्तुमा निर्माण गरिने चलचित्र आगामी बर्षको दशैं र तिहारको बीचमा रिलिज गरिने निर्माता विनोद लामाले बताए ।

Leave a Reply