पल शाहविरुद्धको अनुसन्धान सकियो, प्रहरीले वकिललाई बुझायो फाइल

एक नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा शाह १५ फागुनदेखि प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहविरुद्धको अनुसन्धान प्रहरीले सकेको छ । अनुसन्धान सकेपछि रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, तनहुँमा बुझाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । अनुसन्धान पूरा गरेर प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय, तनहुँमा उक्त मुद्धाको फाइल बुझाएको छ ।

Leave a Reply