‘हनी बनी’ मा अनमोल र साराको जोडी बाँधिने

दीवाकर भट्टराईको निर्देशनमा बन्न लागेको चलचित्र ‘हनी बनी’मा अभिनेत्री सारा सिर्पाली भित्रिएकी छन् । निर्माण टिमले सारासँग सोमबार कागजी सम्झौता गरेको हो। चलचित्रको चरित्रमा फिट हुने भएकै कारण सारालाई अनुबन्ध गरेको बताईएको छ। चलचित्रमा उनी यूकेमा बस्ने नेपाली युवतीको भूमिकामा प्रस्तुत हुने बताइएको छ । निर्देशक भट्टराईकी श्रीमती तथा अभिनेत्री दीपिका प्रसाईंले सारालाई ‘हनी बनी’ अफर गरेकी थिइन् ।

चलचित्रमा साराको जोडी अनमोल केसीसँग बाँधिने छ । अनमोल र सारा पहिलो पटक एकसाथ पर्दामा देखिन लागेका हुन् । चार वर्ष अगाडि अनमोल र साराको प्रेम चर्चा चलेको थियो । चलचित्रमा अभिनेता सलोन बस्नेतको पनि मुख्य भूमिका रहनेछ । यसअघि दीवाकरको निर्देशन रहेको चलचित्र ‘क्याप्टेन’ मा अनमोलले काम गरेका थिए । प्रदर्शन मिति तय गरिएको भएपनि चलचित्रको आगामी मार्चबाट छायांकन सुरु गर्ने तयारी गरिएको छ ।

कम्पनी एबी इन्टरनेशलको प्रस्तुती रहने चलचित्रमा गौतम प्रोडक्सन र भ्वाइस फिल्मस् लिमिडेटले सहकार्य गरेका छन् । अमित बस्नेत, अजित केआर थापा र परी राना निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा अंकित गौतम छन् । चलचित्र ‘हनी बनी’ आगामी दशैंको अवसरमा असोज १४ गते प्रदर्शन हुने छ।

Leave a Reply