रश्मिकासँग बिहे गर्दैछन् विजय?

साउथ चलचित्र उद्योगका अभिनेता विजय देवराकोंडा र अभिनेत्री रश्मिका मन्डन्नाको जोडी स्क्रिनमा निकै सुपरहिट भयो । यी दुईले चलचित्र गीता गोविन्दम र डियर कम्रेड जोडीको भूमिका निर्वाह गरेका छन् । यी दुई चलचित्रमा दुवैको केमेस्ट्री निकै रूचाइएको थियो। चलचित्र ‘डियर कमरेड’मा एकसाथ काम गरेपछि यी दुवैको प्रेम चर्चा सुरु भएको हो ।

यसैक्रममा विजय र रश्मिकाको विवाह हुन लागेको खबर भारतीय सञ्चारमाध्यममा चर्चा छ । यो वर्ष उनीहरुले विवाह गर्न लागेको खबर भने सार्वजनिक भएको छ । विजय र रश्मिका दुवै जना नयाँ वर्ष मनाउन गोवा समेत गएका थिए ।

रश्मिकाको विजयकी आमासँग निकै राम्रो सम्बन्ध रहेको पनि भारतीय संचारमाध्यममा उल्लेख छ । विजय र रश्मिकाले आफ्नो विवाहको अफवाहको बारेमा न त कुनै जानकारी साझा गरेका छन् र न त सम्बन्धमा रहेको स्वीकार गरेका छन्, तर यी दुई लामो समयदेखि डेटिङमा रहेको बताइएको छ। यो बलिउड समाचार साँचो हो वा केवल गसिप हो,दुबैबाट पुष्टि हुन बाँकी छ ।

विजयको आगामी चलचित्र’लिगर’ छिट्टै सिनेमाघरहरूमा रिलिज हुँदैछ। पुरी जगन्नाधद्वारा निर्देशित, ‘लिगर’ मा अनन्या पाण्डे र पूर्व पेशेवर बक्सर, अमेरिकाका माइक टायसन मुख्य भूमिकामा छन्। त्यस्तै , चलचित्र पुष्पाको सफलतामा रमाइरहेकी रश्मिकाले नायिकाले सिद्धार्थ मल्होत्रासँगको ‘मिशन मजनु’ चलचित्रबाट बलिउडमा डेब्यु गर्दैछिन् । नेशनल क्रस भनेर पनि चिनिने नायिका अमिताभ बच्चनसँग ‘गुड बाई’ मा पनि देखिँदैछिन् ।

Leave a Reply