‘लाइफ इन एलए’ बैशाख ९ मा प्रदर्शन हुने

चलचित्र ‘लाइफ इन एलए’ को प्रदर्शन मिति तय गरिएको छ । नेपाल र अमेरिकामा छायांकन गरिएको
चलचित्रको निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । नेपालभन्दा पहिला अमेरिकाको विभिन्न ठाउँमा प्रदर्शन भइसकेको चलचित्र नेपालमा भने बैशाख ९ गतेबाट प्रदर्शनमा आउनेछ ।

सूर्य एन श्रेष्ठ निर्देशित चलचित्रमा शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, प्रविन खत्रीका साथै अमेरिकाका कलाकार जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको पनि अभिनय छ । अमेरिकामा बसोबास गर्ने नेपालीहरुको कथामा निर्माण भएको चलचित्रलाई ब्यास बिस्सुले निर्माण गरेका हुन् । संसार अन्जान सुवेदी कार्यकारी निर्माता रहेको चलचित्रमा अमेरिकाको लागि राजेन्द्र ठकुराथी निर्मातामा छन् । नेपाल र अमेरिकामा छायांकन गरिएको

भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन रहेको चलचित्रमा कविराज गहतराज र सुरज श्रेष्ठको करियोग्राफी, एलिस कार्कीको संगीत, क्रिस वारेन र एडवर्ड उकेन (अमेरिका) र बाबु श्रेष्ठ (नेपाल) को छायांकन छ ।

Leave a Reply