‘लप्पन छप्पन २’ को प्रदर्शन मिति सरेर फागुन २० मा पुग्यो

मुकुन्द भट्टद्वारा निर्देशित ‘लप्पन छप्पन २’को प्रदर्शन मिति फेरी पनि पोस्टपोन्ड भएको छ । यही फागुन १३ गते प्रदर्शन हुने तयारीमा रहेको चलचित्र अब भने फागुन २० गतेबाट नेपालभर प्रदर्शन हुनेछ। नेपाल चलचित्र संघले फागुन १३ मा चलचित्र ‘म यस्तो गीत गाउँछु २’ लाई प्रदर्शन अनुमति दिएपछि निर्माण टिमले चलचित्रको प्रदर्शन मिति सारेको हो ।

२०७६ सालको असारमा मुहूर्त गर्दा चलचित्र ‘लप्पन छप्पन २’ ले पनि प्रदर्शनका लागि महाशिवरात्री रोजेको थियो तर, घोषित मितिमा रिलिज हुन सकेन । शिवरात्रीमा रिलिज हुन नसकेको चलचित्रलाई निर्माणपक्षले नयाँ बर्षको छेकोमा चैत २७ गते प्रदर्शनमा आउने तयारीमा थियो । तर,फेरि कोरोना संक्रमण भयावह रुपमा फैलिएपछि यो मितिमा पनि चलचित्र प्रदर्शन हुन सकेन र पोष्टपोन्ड भयो ।

एक्सन ड्रामा चलचित्रमा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, गोविन्द शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, नविन मानन्धर, विशाल पहारी, किशोर भट्ट, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतका कलाकारको अभिनय छ । खिलेन्द्रराज तिमसिनाको प्रस्तुति ‘लप्पन छप्पन २’बाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, श्रिजना सिना, रन्जीत ओन्तालगायतले अभिनयमा डेब्यु गर्दैछन् । नेपालसहित अस्ट्रेलिया र युरोपमा खिचिएको चलचित्रमा अघिल्लो पार्टमा पनि प्रमुख भूमिकामा रहेका सौगात र अर्पण नेगेटिभ रोलमा छन् । गोल्डेन हिल्स पिक्चर्स, रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रको ट्रेलरदेखि गीतसम्म सार्वजनिक भइसकेको छ ।

Leave a Reply