युट्युबमा रुचाइयो खगेन्द्रको ‘डमरुको डण्डीबियो’[चलचित्र सहित]

चलचित्र “डमरुको डण्डीबियो” युट्युबमा सार्वजनिक भएको छ । खगेन्द्र लामिछानेको मुख्य भूमिकामा रहेको चलचित्र शनिबार युट्युबमा सार्वजनिक गरिएको हो । हाईलाईट्स नेपालको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको चलचित्र युट्युबमा सार्वजनिक गरिएको एक दिनमै ट्रेन्डिङमा समेत पर्न सफल भएको छ । यो समाचार तयार गर्दासम्म चलचित्र युट्युब ट्रेन्डिङको पाँचौ स्थानमा रहेको छ।

चलचित्रले दर्शकको उत्कृष्ट प्रतिक्रिया पाइरहेका छन् । सिनेमा हलमा पनि दर्शकको साथ पाएको यो चलचित्रले युट्युबमा पनि सकारात्मक प्रतिकृया बटुली रहेको छ । चलचित्रमा नेपालमा लोप हुँदै गएको डण्डीबियोको कथालाई प्रस्तुत गरिएको छ । यसअघि कोभिड-१९ को दोस्रो लहरसँगै भएको लकडाउनको समयमा ‘सिनेमाघर एप’ बाट यो चलचित्र दर्शकहरुको लागि निशुल्क उपलब्ध गराईएको थियो।

स्वर्गीय छेतेन गुरुङको निर्देशनमा निर्माण भएको चलचित्रमा खगेन्द्रसँगै मेनुका प्रधान, बुद्दी तामाङ, अनुप बराल, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी बर्देवा, मिश्री थापा, इंगि होपू कोइंच सुनवार, नमिता घिसिङ लगायतका कलाकारको अभिनय छ । समृद्दी इन्टरटेनमेन्टको व्यनरमा निर्माण भएको चलचित्रमा नोर्बु छिरिङ घले र विनोद गुरुङको संयुक्त लगानी रहेको छ । चलचित्रमा खगेन्द्र लामिछानेको लेखन, हरि हुमागाईंको छायाँकन, निमेष श्रेष्ठ र प्रितम पाण्डेको सम्पादन रहेको छ ।

चलचित्र हेर्नुहोस् :-

Leave a Reply