‘नेपहपको श्रीपेच’को दोस्रो प्रोमोमा भाइरल ‘माईला’को प्रस्तुति, फागुन १६ गतेबाट प्रशारण हुने

रियालिटी शो ‘नेपहपको श्रीपेच’ को दोस्रो प्रोमो सार्वजनिक गरिएको छ l प्रोमोमा अहिलेका भाइरल र्यापर ‘माइला’को प्रस्तुतिलाई देखाइएको छ । प्रोमोमा मिस्टर डी, डेजेन र कवि-जी प्रि–जजहरूको रूपमा देखाइएको छ । तर यस शोको जजमा भने र्यापर बालेन शाह, गिरिस खतिवडा र मानस घले छन् । यस अघि निर्माण टिमले पहिलो प्रोमोमा फीमेल र्यापर फुर्दुकीलाई देखाएको थियो । जुन भिडियोले हाल सम्म युट्युबमा २ लाख तीस हजार भ्युज र विभिन्न सामाजिक सञ्जालमा २० लाख भ्युज प्राप्त गरेको थियो ।

कार्यक्रम फागुन १६ बाट इमेज टेलिभिजन र डि म्युजिक टिभी मार्फत प्रसारणमा आउने भएको छ । कार्यक्रम युट्युबमा भने ओ.एस.आर रियालिटीबाट आउनेछ । नेपालमा पहिलो पटक हुन लागेको ‘नेपहपको श्रीपेच’ र्‍याप म्युजिक रियालिटी शो हो । डि म्युजिक टिभीको प्रस्तुती रहेको उक्त शोलाई सुदिप पोख्रेल र रोशन श्रेष्ठले निर्माण गरेका हुन् । कार्यक्रमका लागी ८००० भन्दा बढीले डिजिटल अडिसन मार्फत सहभागीता जनाएका थिए जस मध्य ६०० जनाको बिभिन्न शहरमा फिजिकल अडिसन लिइएको थियो । अब फिजिकल अडिसनबाट छानिएका १२३ जना ले श्रीपेचको लागी प्रतिस्पर्धा गर्नेछन् । ‘नेपहपको श्रीपेच’ को विजेताले १० लाख र उपविजेता ले ५ लाख प्राप्त गर्ने छन् ।

Leave a Reply