हृतिकको जन्मदिनमा ‘विक्रम वेधा’को फर्स्टलुक सार्वजनिक

बलिउड चलचित्र ‘विक्रम वेधा’को फर्स्टलुक सार्वजनिक गरिएको छ । हृतिकको जन्मदिनको अवसरमा निर्माणपक्षले सोमबार उनको फर्स्टलुक सार्वजनिक गरेको छ । चलचित्रमा हृतिक ‘वेधा’को भूमिकामा छन् । गत वर्षको डिसेम्बरमा छायांकन सकिएको यो चलचित्र साउथको सफल चलचित्र ‘विक्रम वेधा’को हिन्दी रिमेक हो । चलचित्रमा सैफअली खानले पनि काम गरेका छन् ।

यो चलचित्रले ग्याङस्टार र प्रहरीको कथा भन्छ । चलचित्रमा हृतिक ग्याङस्टारको भूमिकामा देखिएका छन् । यो चलचित्रलाई टी सिरिज र रिलायन्स इन्टरटेन्मेन्टले प्रस्तुत गरेका हुन् । पुष्कर र गायत्रीले निर्देशन गरेको यो चलचित्र सेप्टेम्बर २२ तारिखबाट रिलिज हुँदैछ ।

Leave a Reply