नीता, गौरव र विल्सनको ‘आकासे खेती’ फागुन २७ मा प्रदर्शन हुने

चलचित्र ‘आकासे खेती’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बिहीवार सार्वजनिक गरिएको फर्स्टलुक पोस्टरमा चलचित्रका कलाकारहरु गौरव पहारी, विल्सन विक्रम राई ‘तक्मे बुढा’, बुद्धि तामाङ ‘हैट’, नीता ढुङ्गाना, रविन्द्र झा, शिशिर वाङ्देल लगायतलाई देख्न सकिन्छ । चलचित्रमा रमा लिब्बु र जयनन्द लामाको पनि मुख्य भूमिका छ ।
फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै चलचित्रको प्रदर्शन मिति आउँदो फागुन २७ गतेलाई तय गरेको छ ।  तिब्बती शरणार्थीको विषयलाई उठान गरेको चलचित्रले मिहिनेत नगरी पैसा कमाउने युवाको कथालाई पनि भन्ने छ । केदार उप्रेती, जीवन सुब्बा, राजेन्द्र चोङ्वाङ र दिलप्रकाश याक्सो निर्माता रहेको यो चलचित्रमा उदयको कथा, विल्सनविक्रम राईको संवाद छ ।
उदय सुब्बाको निर्देशनमा बनेको चलचित्रक कथा पनि उनकै  हो । एसएस इन्टरनेशनल फिल्मस् र तक्मे प्रोडक्सनको ब्यानरमा बनेको चलचित्रमा केदार उप्रेती, जीवन सुब्बा, राजेन्द्र चोङ्वाङ, दीलप्रकाश याक्सो निर्माता रहेका छन् । चलचित्रको संवाद विल्सन विक्रमले लेखेका हुन् ।
बिक्रम डिसीको छायांकन, सुजन बडालको सम्पादन, राजु किरातीको द्वन्द्व, रामजी लामिछाने र राजिवको नृत्य रहेको चलचित्रमा विकाश चौधरी र बादल लिब्बुको संगीत रहेको छ । चलचित्रलाई जिजिए ग्रुपले उपत्यका भित्र र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्नेछ ।

Leave a Reply