विजय सेतुपति र केके मेनन काठमाडौंमा ‘फेक’ को छायांकन गर्दै

भारतीय वेब सिरिज ‘फेक’को छायांकनका काठमाडौंमा  भइरहेको छ । शनिवार कलाकार र प्राविधिकको टिम नेपाल आएपछि आइतवारबाट वेब सिरिजको छायांकन सुरु भएको हो । यो सिरिजको बुधबारसम्म  छायांकन हुने बताईएको छ ।
आइतवार तीनकुने र एयरपोर्टमा वेब सिरिजको छायांकन भएको थियो । सोमवार बसन्तपुरको दरवार स्क्वायर क्षेत्रमा छायांकन भएको छ । सिरिजमा साउथ सुपरस्टार विजय सेतुपती, बलिउड अभिनेता शाहिद कपूर, बलिउडका चर्चित कलाकार केके मेनन लगायतको मुख्य भूमिका रहेको छ । नेपालमा आफ्नो सिन नभएकाले शाहिद काठमाडौं आएका छैनन् ।
विजय सेतुपती र केके मेननले भने तीन दिनदेखि काठमाडौंमा वेब सिरिजको छायांकन गरिरहेका छन् । उनीहरुले एयरपोर्ट र दरवार स्क्वायरमा छायांकन गरिरहेको दृश्य यतिबेला टिकटकमा भाइरल बनेको छ । विजय पहिलो पटक नेपाल आएका हुन् ।
वेब सिरिजका कलाकारदेखि प्राविधिक टिमलाई होटल सोल्टीमा बस्ने व्यवस्था मिलाइएको छ ।निर्देशकद्वय कृष्णदशारा कोथापाली र राज निदिमोरुको निर्देशन रहने सिरिजमा नेपालका केही फाइटरहरुले पनि काम गरिरहेका छन् । नेपालअघि ‘फेक’ को मुम्बईमा छायांकन भएको थियो । नेपालमा यो वेब सिरिज छायांकनको व्यवस्थापन थ्री ह्विलर्सले गर्दैछ ।

 

 

Leave a Reply