‘नेपाल आइडल-४’ मंसिर २३ गतेबाट प्रसारण हुने

नेपालको चर्चित गायन रियालिटी शो नेपाल आइडलको चौथो सिजनको प्रसारण सुरू हुने भएको छ । ‘नेपाल आइडल सिजन ४’ आउँदो मंसिर २३ गतेबाट प्रसारण हुनेछ ।

धरहराको बार्दलीमा बसेर यो शोका होस्ट आसिफ शाहले प्रसारण मिति सार्वजनिक गरेका हुन् । ‘नेपाल आइडल’ एपी १ एचडी टेलिभिजनबाट प्रसारण हुनेछ ।  टिकटक स्टार तथा मोडेल रेश्मा घिमिरेले  आसिफसँग मिलेर चौंथो सिजनलाई होस्ट गर्नेछिन् ।

‘नेपाल आइडल’को चौथो सिजनमा भने निर्णायक पनि परिवर्तन भएका छन् । चौथो सिजनमा संगीतकार शम्भुजित बास्कोटा, गायक सुगम पोखरेल र गायिका सुबानी मोक्तान निर्णायकको रुपमा छन् ।यसअघिका तीनै सिजनका निर्णायकमा संगीतकार न्ह्यु ब्रजाचार्य, कालीप्रसाद बाँस्कोटा र गायिका इन्दिरा जोशी थिए । यो शोका निर्देशक सुरेश पौडेल हुन् ।

 

 

Leave a Reply