‘प्रेमगीत ३’ आउँदो फागुन १३ मा प्रदर्शन हुने

चलचित्र ‘प्रेमगीत ३’ले नयाँ प्रदर्शन मिति घोषणा गरेको छ । चलचित्रको नयाँ पोस्टर सार्वजनिक गर्दै चलचित्र फागुन १३ गतेबाट देशभर रिलिज हुने निर्माता सन्तोष सेनले जानकारी दिएका छन् ।
हिन्दी र नेपाली भाषामा निर्माण भएको चलचित्रको भारत प्रदर्शन मिति भने केही दिनमा सार्वजनिक गर्ने तयारीमा निर्माण टिम छ । दुई वर्षअघि चैत २८ लाई प्रदर्शन मिति तय गरेर रिलिज हुन नपाएको चलचित्रलाई स्वर्गीय छेतन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेका हुन् ।

चलचित्रमा प्रदीप खड्का तेस्रो पटक ‘प्रेम’को रुपमा देखिँदैछन् भने नव-अभिनेत्री क्रिस्टिना गुरुङ ‘गीत’ र सन्तोष आफैँ ‘अंगत’को भूमिकामा पर्दामा देखिनेछन् । प्रदीप र क्रिस्टिनाका साथमा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेतलगायतका कलाकारको पनि अभिनय हेर्न सकिनेछ ।

सन्तोष सेनको लगानीमा बन्न लागेको चलचित्रमा चत्र बहादुर चन्द र डम्बर बिक्रम सेन कार्यकारी निर्माताको रुपमा रहेका छन् । कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको चलचित्रमा राजेश श्रेष्ठको डिओपी, हिमाल केसीको एक्सन, कविराज गहतराजको कोरियोग्राफी र बनिश शाह/भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

शिवरात्रीको अवसर पारेर रिलिज हुन लागेको ‘प्रेमगीत ३’ बहुप्रतिक्षीत चलचित्रमध्य एक हो । चलचित्रको ५५ प्रतिशत छायांकन माइनस २६ डिग्री सेल्सियसमा मनाङमा भएको हो ।

Leave a Reply