भारतीय गायक मिका सिंहको ‘बोत्तलको विर्को’मा आर्यन,पल र दुर्गेश(भिडियो)

भारतका चर्चित गायक मिका सिंहले पहिलो पटक नेपाली गीत गाएका छन्। सोमबार राजधानीमा एक भव्य कार्यक्रममा उनको स्वरमा रहेको ‘बोतलको बिर्को’ बोलको गीत सार्वजनिक भएको छ। मुम्बईको स्टूडियोमा रेकर्ड गरिएको यो गीतमा सिम्रन दुग्गल र रिया दुग्गलको सिमेट्री रहेको छ ।

शेखर अस्तित्वले लेखेको गीतमा युग भुषालले संगीत भरेका छन् । विभोर पोखरेल र दिलीप समनको संयुक्त निर्देशन रहेको भिडियोमा अर्जुन तिवारीको छायांकन रहेको छ। साथै भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन्।

यो गीतको भिडियोमा आर्यन सिग्देल, पल शाह, दुर्गेश थापा, कविता नेपाली, अलिसा शर्मा, स्नेहा संग्रौलाको अभिनय छ । भिडियोमा उनीहरुको नृत्यले गीतको रौनक झन् बढाएको छ । गीतको अडियो र भिडियो दुवै दमदार बनेको छ। डान्स थिमको गीतको भिडियोलाई आकर्षक बनाउन निर्माताले राम्रै लगानी गरेको देख्न सकिन्छ ।

दिलीप न्यौपाने कार्यकारी निर्माता र रोशन पराजुली निर्माता रहेको गीतको भिडियोमा अस्मिता लामिछाने सह-निर्माताको रुपमा छिन्। भिडियोका निर्माता रोशन पराजुलीले यो गीतको हिन्दी भर्सन पनि तयार भइसकेको बताए। उनी यो गीतको अडियो र भिडियो निर्माण गर्न निकै मिहिनेत गरेकाले दर्शकलाई मन पर्नेमा विश्वास छन्।

गीत हेर्नुहोस् :-

Leave a Reply