पल शाह एनएमबि बैंकको ब्राण्ड एम्बेस्डर नियुक्त

एनएमबि बैंकले लोकप्रिय अभिनेता पल शाहलाई बैंकको ब्राण्ड एम्बेस्डर नियुक्त गरेको छ। एक प्रेस वक्तव्य जारी गर्दै बैंकले शाहसँग द्विपक्षीय समझदारी भएको जनाएको छ। शाहसँगको सहकार्यले बैंकको प्रवद्र्धन गर्न थप सहयोग पुग्ने विश्वास लिईएको छ।

एनएमबि बैंकको ब्राण्ड एम्बेसडर भएर सहकार्य गर्न पाउँदा आफूलाई खुशी लागेको र बैंकको उत्तरोत्तर प्रगतिमा आफुले उत्कृष्ट भुमिका प्रस्तुत गर्ने प्रतिबद्धता पल शाहले व्यक्त गरे । शाहले अभिनय संगैसमाज सेवालाई प्राथमिकतामा राखी कार्य गर्दै आए जसरी नै बैकले पनि सामाजिक उत्तरदायित्वलाई मुलधारमा राखी कार्य गर्दै आईरहेको छ ।

बैंकले देशभरीका १८१ शाखाहरुका साथै १३७ एटीएमहरु, ९ एक्सटेन्सन काउन्टरमार्फत् सेवा प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply