केपी शर्मा ओलीको पनि प्रधानमन्त्रीमा दाबी

प्रधानमन्त्रीमा केपी शर्मा ओलीले पनि आफ्नो नाम दाबी गरेका छन । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्रीमा आफ्नो पनि दाबी प्रस्तुत गरेका हुन् । एमालेका १२१ र जनता समाजवादी पार्टी (जसपा)का ३२ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन् ।

विपक्षी गठबन्धनको तर्फबाट शेरबहादुर देउवाले १४९ जनाको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी पेसका लागि राष्ट्रपति कार्यालय शीतलनिवसमा छन् । शुक्रबार दिउँसो पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले आफूले पनि सरकारका लागि दावी पेस गर्ने बताएका थिए । ‘म दावी गर्ने पक्षमा छु,’ पत्रकार सम्मेलनमा उनले भने,‘म सँग १२१ मत छ ।’

विपक्षी गठबन्धनका नेता भन्दा अघि राष्ट्रपति कार्यालय पुगेका ओली विपक्षी दलका नेताहरू पुगेकाे केही समयपछि बाहिरिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिमको सरकार गठनका लागि एमालेका १२१ र जसपाका ३२ सांसदको समर्थनसहित १५३ सांसदको हस्ताक्षरसहित राष्ट्रपति समक्ष दाबी पेश गरेको प्रधानमन्त्रीका प्रधानमन्त्रीका मुख्य सल्लाहकार बिष्णु रिमालले जानकारी दिएका छन् ।

Leave a Reply