मारुनी गीत ‘कान्छा’को म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

गायिका सिर्जना कार्कीको स्वर र उनकै सङ्गीतमा रहेको ‘कान्छा’ बोलको मारुनी गीतको म्युजिक भिडियो युटुबमार्फत सार्वजनिक भएको छ ।

यस अघी ‘धेरै धेरै’ ‘मनको राजा’ ‘माया’ तथा ‘रोजेको मैले’लगायत सुमधुर गीतबाट श्रोताको अत्याधिक माया पाएकी गायिका कार्कीले यो म्यूजिक भिडियो आफ्नै युटुब च्यानल सिर्जना कार्की मार्फत सार्वजनिक गरेकी हुन ।
प्रायः सबै गीतमा कर्णप्रिय सुनिने गायिका कार्की यो लोक गीतमार्फत दर्शक तथा स्रोताको मन जितिरहेकी छिन् ।

अर्पण कार्की तथा गायिकाको शब्द रहेको गीतको म्युजिक भिडियोमा अजिता खड्काको साथमा साधना कला केन्द्र समूहको नृत्य तथा सिर्जना कार्की, बिप्लभ खड्का, कुमारी दाहाल र बालकलाकार सौर्य बिक्रम थापाको अभिनय रहेको छ । उक्त गीतमा राम कुमार केसीको छायांकन, सुशील न्यौपानेको सम्पादन अजिता खड्काको कोरियोग्राफी र अर्पण कार्कीको निर्देशन रहेको छ।

म्यूजिक भिडियो सार्वजनिक भएसँगै श्रोता र दर्शकको प्रतिकृयाले उत्साहित देखिएकी गायिका सिर्जना आगामी दिनमा यसले अझ निरन्तर लाग्नलाई प्रेरणा मिलेको बताउछिन् ।

Leave a Reply