हेर्नुहोस् साताका दश उत्कृष्ट नेपाली गीतहरु(भिडियोसहित)

लोकप्रिय र प्रभावकारी फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ले आफ्नो आधिकारिक युट्युब च्यानल मार्फत हरेक हप्ता एउटा कार्यक्रममा सबै भन्दा बढी युट्युबमा हेरिएका १० वटा गीतलाई समावेश गर्दै आएको छ । ​कार्यक्रममा हरेक हप्ता शनिबार नयाँ एपिसोड आउछ र हरेक शनिवार नेपाली समय बिहान आठ बजे देखि अर्को शनिवार बिहान आठ बजेसम्म सबै भन्दा बढी युट्युबमा हेरिएका १० वटा गीतलाई समावेश गरिन्छ ।

हेर्नुहोस् यस साता ‘रुटिन अफ नेपाल बन्द’मा चुनिएका दश उत्कृष्ट नेपाली गीतहरु :

१०. ‘झम्के माया’
समिर आचार्य र अन्जु पन्तको स्वर रहेको ‘झम्के माया’ बोलको गीतको भिडियोमा नायिका स्वस्तिमा खड्का र मोडल राहुल शाहको नृत्य हेर्न सकिन्छ । यो गीतको अहिले सम्मको कुल भ्युज ५४ लाख ६५ हजार ६ सय ३९ रहेको छ ।

९ . ‘सलाई छ सलाई’
दुर्गेश थापा र योगेश काजीको स्वर र शब्द रहेको गीत ‘सलाई छ सलाई’ (जय शम्भु)को भिडियोमा भने आर्यन सिग्देलले अभिनय गरेका छन् । दुर्गेश र आर्यनको यो पहिलो सहकार्य हो । अहिले सम्म यो गीतको कुल भ्युज भने १९ लाख ३० हजार ९ सय ८१ रहेको छ ।

८. ‘पछेउरी लिस्यो’
समिक्षा अधिकारी,अर्जुन सापकोटा र रबिन लामिछानेको स्वरमा रहेको गीत लोक दोहोरी गीत हो । सो गीतको कुल भ्युज १ करोड ६५ लाख ८६ हजार ९ सय ९३ रहेको छ ।

७. ‘फिदा ’
गायक सुमन केसी र गायिका दीपा लामाको स्वर रहेको ‘फिदा ’ गीतमा सुमन योन्जनको शब्द र दीपक शर्माको संगीत रहेको छ । गीतको भिडियोमा अभिनेता पल शाह र अभिनेत्री वर्षा राउतको अभिनय देख्न सकिन्छ । यस हप्ता मात्र नयाँ प्रवेश गरेको गीतको भ्युज ६ लाख ५ हजार २ सय ३४ रहेको छ ।

६. ‘जोडी परेवा’

कलौटे,मुसी,मिलन र विराज गन्धर्वको स्वर रहेको गीत सामाजिक सञ्जाल र युट्युबमा निकै भाइरल भएको गीत हो। यो गीतको अहिले सम्मको कुल भ्युज ५४ लाख ८१ हजार ४ सय ८९ रहेको छ ।

५. ‘आँखामा आउने सपनी’
एकदेव लिम्बुको आफ्नै शब्द रचना रहेको यस गीतमा स्वर पनि उनैको रहेको छ। यो गीत पनि रुचाइएको गीतहरु मध्ये एक हो । गीतको अहिले सम्मको कुल भ्युज ८० लाख १२ हजार ३ सय ४३ रहेको छ ।

४. ‘सम्झिनी पानी छम्किनी’
गायक सम्राट् चौलागाइ र गायिका रचना रिमालको आवाजमा रहेको ‘सम्झिनी पानी छम्किनी’ बोलको गीतको भिडियोमा जिवेस गुरुङ, गुराँस ढकाल, प्रकाश चन्द, आयुशी ढकाल, संवृद्धिका घिमिरे, जेभिन श्रेष्ठ, जिविस श्रेष्ठ र रोजनालाई फिचर्ड गरिएको छ । यस हप्ता नयाँ प्रवेश गरेको गीतको १६ लाख २१ हजार ४ सय ५७ भ्युज रहेको छ ।

३.‘फुलबुट्टे सारी’ फिमेल भर्सन
मिलन नेवारको आवाजमा फिमेल भर्सनमा रिलिज भएको ‘फुलबुट्टे सारी’ गीतले दर्शकको मन जितेको छ भने थुप्रै रेकर्डपनि बनाईसकेको छ । यसं गीतको कुल भ्युज भने ४ करोड १३ लाख २७ हजार ४ सय ५६ रहेको छ ।

२. ‘टाढा भए पनि’ फिमेल भर्सन
अस्मिता अधिकारी र अर्गेन डोंगको स्वर सुन्न सकिने यो गीतले युट्युबमा नयाँ रेकर्ड पनि बनाएको छ । यो गीतले युट्युबमा सार्वजनिक भएको २४ घण्टा भित्र सबैभन्दा बढी पटक हरिएको थियो । यो गीतको कुल भ्युज १ करोड ८१ लाख ८८ हजार ५ सय ६९ रहेको छ ।

१. ‘चौका दाउ’

गायिका शान्ति श्री परियार र गायक कृष्ण बाबु परियारको आवाजमा रहेको ‘चौका दाउ…’ ले सार्वजनिक भएको केहि समयमा नै चर्चा बटुल्न सफल भएको छ । यसं गीतको हाल सम्मको कुल भ्युज ४८ लाख ९५ हजार २ सय २८ रहेको छ ।

Leave a Reply