‘अब आउन्या भया’ मा आसिफ र रेश्माको प्रेम(भिडियो)

गायक रिकेश गुरुङ किज्को स्वर र संगीतमा रहेको नयाँ गीत सार्वजनिक भएको छ। ‘अब आउन्या भया’ बोलको गीतमा महेश काफ्ले र रिकेशको शब्द रहेको छ । असीम शाहको निर्देशनमा बनेको भिडियो सम्पादन सुनिल शिव भक्तिले गरेका हुन्।

भिडियोमा आसिफ शाह र रेश्मा घिमिरे फिचर्ड छन्। दर्शकले अत्याधिक माया दिएको ‘इन्स्टाको फोटो’मा ‘ट्युनिङ र केमेस्ट्री’ मिलेपछि आसिफ र रेश्माको जोडी निकै मन पराइएको थियो । भिडियो ‘जी २१’को अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। गीतको अडियो र भिडियो दुवै निकै राम्रो बनेको छ । हेर्नुहोस् गीतको भिडियो :

 

Leave a Reply