बेनिशा र मुकुन ‘भाँडाकुटी’का लागि लोकेशन हन्टिङमा

वैवाहिक परिवेश सहितको सामाजिक कथामा निर्माण हुन लागेको चलचित्र ‘भाँडाकुटी’को अहिले लोकेशन खोजीको काम भइरहेको छ । लोकेशन खोज्दै चलचित्रका कलाकार र निर्माण टिम बुटवल पुगेको छ । चलचित्रका कलाकारद्धय बेनिशा हमाल र मुकुन भुषाल पनि लोकेशन हन्टिङका क्रममा बुटवल पुगेका हुन् । चलचित्रको लागि लोकेशन हेर्न कमै मात्र कलाकार निस्किएका उदाहरण छन् । बुटवलका विभिन्न पेशासँग आवद्ध मानिसहरुसँग टिमले अन्तरक्रिया पनि गरेका छन् ।

चलचित्रलाई किरण बीकले निर्देशन गर्दैछन् । बीककै कथामा कलम खड्काले चलचित्र निर्माण गर्न लागेका हुन् । यो चलचित्रमा निशल पौडेलको छायांकन, राजकुमार दर्जीको कोरियोग्राफी, भिम बीकको सम्पादन रहनेछ । निर्देशक किरणले सामाजिक कथालाई नयाँ ज्ञान सहित राम्रो चलचित्र बनाउने उद्देश्यले काम गर्न लागेको जानकारी दिए ।

Leave a Reply