‘कमेडी च्याम्पियन’ सिजन २ को अडिसन सुरु

नेपालको पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन २ को अडिसन सुरु भएको छ । १५ भदौबाट शोको डिजिटल अडिसन खुल्ला गरिएको हो । शोका लागि डिजिटल अडिसन सुरु भएसँगै सिजन २ को प्रारम्भ भएको हो । अडिसनका लागि प्रतियोगीहरूले कमेडी च्याम्पियनको एप डाउनलोड गरी सोही एपमा ४ मिनेट ५९ सेकेन्डको कमेडी भिडियो पोस्ट गर्नुपर्ने हुन्छ । निर्माण पक्षका अनुसार डिजिटल अडिसन १४ असोज अर्थात् ३० सेप्टेम्बरसम्म जारी रहनेछ ।

१४ गतेसम्म प्राप्त अडिसनबाट कम्तीमा १२० जनालाई फिजिकल अडिसनका लागि छनोट गरिने छ । फिजिकल अडिसन पनि दसैँअगाडि नै सञ्चालन गरिने निर्माण पक्षको योजना रहेको छ । अडिसनबाट २४ जना छनोट गरी कात्तिकको दोस्रो साताबाट टेलिभिजनमा कार्यक्रम प्रसारण सुरु हुने भएको छ ।

Leave a Reply