चितवनमा हुने भयो प्रिन्स च्याम्प र प्रिन्सेस च्याम्प

बालबालिकाको प्रतिभा प्रस्फोटनका लागि चितवनका प्रतियोगितात्मक प्रिन्स च्याम्प र प्रिन्सेस च्याम्प चितवन हुने भएको छ । होलिडेज क्रियशन होम नारायणगढले ७ देखि १३ वर्ष उमेरका बालबालिका लक्षित गरेर कार्यक्रम गर्ने भएको हो ।

१५ देखि २० जना सम्म बालक र सोही संख्यामा बालिकाहरु समावेश गराई ४० जना प्रतिस्पर्धी लिएर कार्यक्रम गर्ने गरी तयारी गरीएको होलिडेज क्रियशन होम नारायणगढका प्रबन्धक लक्ष्मी पन्त ढकालले जानकारी दिएकीछिन् ।

प्रतियोगितामा सहभागि हुन असार एक गतेदेखि फारम खुला गरीएको उनले बताइन् । छनौट भएका बालबालिकालाई एक महिनासम्म प्रशिक्षण दिइ ४ चरणमा प्रतियोगिता सञ्चालन गर्ने तयारी भएको उनको भनाई छ ।

पहलिो चरणमा बालबालिकालाई उनीहरुको खुवी प्रस्तुत गर्न लगाउने र त्यसपछिका चरणमा प्रतिभा निखारका लागि प्रशिक्षकको निगरानीमा प्रशिक्षण दिइने होलिडेज क्रियशन होम नारायणगढका सञ्चालक नारायण ढकालले बताए ।

प्रोगाम विथ अ परपस थिममा आधारित रहेर बालबालिकालाई प्रयोगात्मक परियोजनामा सामेल गराउने र उनीहरुको क्षमता मुल्यांकन गरीने भएकाले प्रत्यक चरण निकै महत्वपूर्ण रहने उनले औल्याएकाछन् ।

प्रतियोगितामा सहभागि हुन प्रत्यक बालबालिकाको प्रवेश शुल्क १५ हजार तोकिएको छ । सो शुल्कमा उनीहरुलाई विज्ञहरुबाट एक महिने प्रशिक्षण र विभिन्न क्रियाकलापमा सहभागि गराइने ढकालले बताए । प्रतियोगिताको फाइनल साउन १७ गते गर्ने तयारी भएको उनले बताए । स्कूले बालबालिकाको वर्षे विदाको समय मिलाएर कार्यक्रम सञ्चालन गर्न लागिएको भन्दै उल्लेख्य सहभागिता जुट्ने अपेक्षा रहेको प्रबन्धक ढकालले बताइन् ।

Leave a Reply