सौगात र बेनिशाको ‘झ्यानाकुटी’ युट्युबमा सार्वजनिक(भिडियो)

अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमाल अभिनित चलचित्र ‘झ्यानाकुटी’ युट्युबमा सार्वजनिक भएको छ । कोरोना भाइरसको सङ्कट न्यूनीकरण गर्न सरकारले जारी गरेको लकडाउनका कारण देशै भरका हल हरू बन्द भएका छन् भने सारा नेपाली घरभित्रै बस्नु पर्ने अवस्था आएको छ । यसै बिच दर्शकलाई घरमै बसेर मनोरञ्जन दिनको लागी चलचित्र हाइलाइट्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । हलमा रिलिज भएको झण्डै साढे दुई वर्षपछि चलचित्रलाई युट्युबमा रिलिज गरिएको हो । रिलिज भएको एक दिनमा चलचित्र युट्युब ट्रेन्डिङको शीर्ष तीनमा आइसकेको छ ।

यो समाचार तयार पार्दासम्म चलचित्रलाई नौ लाख ३६ हजार दर्शकले हेरिसकेका छन् भने २६ हजार दर्शकले चलचित्रलाई लाइक गरेका छन् । चलचित्रलाई डिसलाइक गर्नेको संख्या जम्मा १३ सय छ । चलचित्रमा २ हजार बढी प्रतिकृया आइसकेको छ। जहाँ चलचित्रलाई दर्शकले खुबै रुचाएका छन् । सौगात र बेनिशाको काम उत्कृष्ट भएको दर्शक प्रतिकृया छ ।अभिनेत्री निशा अधिकारीले निर्माण गरेको यस चलचित्रले हलमा भने दर्शकको उत्साहजनक साथ पाएको थिएन । सिमोस सुनुवारको निर्देशनमा तयार भएको यस चलचित्रमा सुमि मोक्तान, जीवन भट्टराई, पुष्कर गुरुङ लगायतको अभिनय रहेको छ । प्रदीप भारद्वाजले लेखेको चलचित्रलाई हरी हुमागाईंले खिचेका हुन् ।

Leave a Reply