दिवेश अमेरिकन आइडलको भोटिङ चरणमा,भोट गर्न गरे अपिल(भिडियो सहित)

अमेरिकाको सिङ्गीङ रियालीटी शो अमेरिकन आइडलमा उत्कृष्ट प्रस्तुति दिँदै नेपालका दिवेश पोखरेल भोटिंग चरणमा पुगेसँगै उनले आफ्नो फ्यानहरूलाई भोट अपिल गरेका छन् ।अमेरिकन आइडलमा विभिन्न चरणहरू पार गर्दै अगाडि बढिरहेका दिवेशलाई अब अगाडि बढ्नको लागि फ्यानको सहयोग आवश्यक पर्ने भएको उनले आफ्नो इन्स्टाग्राममार्फत् भिडियो पोस्ट गर्दै भोट अपिल गरेका हुन् ।

https://www.instagram.com/p/B_ans1AjBvT/?utm_source=ig_web_copy_link

‘अर्थर गन’को नामबाट परिचित दिवेशले आफूलाई यहाँसम्म अघि बढाउन सघाउने सबैलाई धन्यवाद दिँदै भोटिङ हिजो देखि २९ अप्रिल तारिखसम्म खुलेको जानकारी दिएका हुन् ।एक ब्यक्तिले मोबाइल एसएएस पठाएर, अमेरिकन आइडलको मोबाइल एपमार्फत तथा अमेरिकन आइडलको वेबसाइटमार्फत गरी ३ तरिकाले भोट गर्न सकिने छ ।प्रत्येक तरिकाबाट बढीमा १० भोट गर्न पाइने छ ।दिवेशका साथै उनका परिवार, साथीभाइहरू नेपाली फ्यानहरुले उनका लागि भोट गर्न अपिल गरिरहेका छन् ।

Leave a Reply