कोरोनाका कारण नेफ्टा अवार्ड आयोजना स्थगित

विश्वव्यापी रूपमा कोरोना भाइरसको संक्रमण बढ्नुका साथै मृत्यु हुनेको संख्या पनि दिनानुदिन बढिरहँदा यसको प्रत्यक्ष असर नेपालमा पनि परेको हो । नेपाल सरकारले भिडभाड हुने खालका कार्यक्रमहरु स्थगित गर्न आदेश दिएपछि त्यसको प्रत्यक्ष असर नेपाली  चलचित्रमा पनि परिरहेको छ ।

चलचित्रसँग सम्बन्धित छायांकन र रिलिज स्थगित हुँदै गर्दा अवार्डलाई पनि कोरोनाको त्रासले छोएको छ । यसै बीच चैत २२ मा टुँडिखेलमा हुने भनिएको दशौँ ‘नेफ्टा’ अवार्ड पनि स्थगित भएको छ । आयोजक संस्था चलचित्र प्राविधिक संघ (नेफ्टा)ले प्रेस विज्ञप्ति जारी गर्दै तत्काललाई पुर्वनिर्धारित मितिमा अवार्डका कुनै पनि कार्यक्रम आयोजना नहुने जानकारी गराएको छ ।

यहि फागुन २७ गते अवार्डको मनोनयन सार्वजनिक गर्ने सेड्युल पनि तत्काललाई स्थगित गरिएको छ । नेफ्टासँगै अवार्ड आयोजनामा साझेदारी गरेको ड्रिम हाइ नेपालले समारोहको तयारी अन्तिम चरणमा पुगिसकेको बताएको छ । पुर्वनिर्धारित मिति स्थगित भएपनि नयाँ मितिमा अवार्ड भव्य र सभ्यरुपमा आयोजना गरिने विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply