‘हात्तीछाप’को ट्रेलर : सामाजिक कथावस्तुमा कमेडी, मित्रता र प्रेम

सिमोस सुनुवारको निर्देशनमा तयार भएको चलचित्र ‘हात्तीछाप’को ट्रेलर सार्वजनिक गरिएको छ । यही माघ २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको ट्रेलरले सामाजिक कथामा प्रेम, कमेडी र मित्रताको मिश्रण देखाइएको छ । दयाहाङ राई र उपासना सिंह ठकुरीबीचको नोकझोंकपूर्ण प्रेम र सौगात मल्लको ‘बोत्तल राजा’ अवतार ट्रेलरको आकर्षक पक्ष हो । सौगातको संवाद बोल्ने शैली रोचक छ ।

फिल्ममा बेनिशा हमाल, बुद्धि तामाङ, विजय बराल, कमलमणी नेपाल, पुष्कर गुरुङ, कविता आले, विल्सन विक्रम राई, विनोद न्यौपाने, भोलाराज सापकोटा, सुष्मा निरौला, रेयर राई, विशाल पहारी, सविन बास्तोला लगायतका पनि अभिनय छ ।

‘कबड्डी ४’ र ‘दुई नम्बरी’ गरी दुई सफल चलचित्र दिएका सुपरस्टार द्वय दयाहाङ राई र सौगात मल्लले फिल्म ‘हात्तीछाप’मा पुनः एकसाथ देखिँदै छन् । प्रदर्शन अगावै चलचित्रको मध्य पूर्वी मुलुकमा प्रदर्शन अधिकार पनि विक्री भइसकेको छ । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले व्यवसायी अमलादेवी राईसँग मिलेर हात्तीछाप निर्माण गरेका हुन् । चलचित्रमा सुशन प्रजापतिको छायांकन छ ।

किरण नेपालीको प्रस्तुति रहेको ‘हात्तीछाप’मा प्रदीप भारद्वाजको लेखन, सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, देव महर्जनको द्वन्द्व निर्देशन, उज्ज्वल सागर र आशिषको संगीत, हर्क साउदको रचना, मनोज श्रेष्ठको भिजुअल इफेक्ट्स तथा रामजी लामिछानेको कोरियोग्राफी छ ।

Leave a Reply