‘ब्रह्माण्ड’को पोखराबाट शुभ मुहूर्त गरी छायाकंन प्रारम्भ

कान्तिपुर फिल्म एकेडेमी, काठमाडौँ र टोपी स्टुडियोज पोखरालेले बनाउन लागेको नेपाली सिरिज “ब्रह्माण्ड” को आज पोखरा स्थित गुप्तेश्वर महादेवमा शुभ मुहूर्त गरी छायाकंन प्रारम्भ भएको छ ।फिल्म पढाउने स्कुल कान्तिपुर फिल्म एकेडेमीले नेपालमा बन्ने सिरिजहरूको स्केल मै सबै भन्दा ठुलो सिरिज निर्माण गर्दै छ । ओटी टी प्लेटफर्मको लागी अन्तर्राष्ट्रिय मापदण्ड पुरा गर्दै बन्न लागेको यो सिरिजमा नेपालका नामचलेका कलाकारहरूको अभिनय रहने भएको छ ।

आज बैखाशको ५ गतेबाट पोखराबाट छायाकंन सुरु गरेको सिरिज ब्रह्माण्डको फुल लेन्थ ८ घण्टाको हुनेछ र यसलाई ८ एपिसोडमा निर्माण गरिने भएको छ । यस सिरिजलाई रियाज नाटक्कारले निर्देशन गर्दै छन् र यसका कार्यकारी निर्माता सागरराज आचार्य हुन् ।

एकेडेमीले बनाउन लागेको सरिजलाई नेपालका चर्चित तथा रुचाइएका सिनेम्याटोग्राफर पुरुषोत्तम प्रधानले खिच्ने भएका छन् । पुरुषोत्तमले लुट, कबड्डी, छक्का पन्जा, दासढुंगा, उमा, नाई नभन्नु ल लगायत ६० वटा भन्दा बढी कमर्सीयल हिट र अवार्ड वीनीङ्ग फिल्महरूको सिनेमाटोग्राफी गरेका छन् । विशेष गरी नयाँ कथा, नयाँ निर्देशक र नयाँ खालको स्टोरी टेलीङ्गमा पुरुषोत्तम प्रधानले बढी काम गर्न रचाउँछन् ।

यस ब्रह्माण्ड सिरिजमा बलिउडको चर्चित फिल्म मेरिकोम फेम्ड सुनिल थापा, बर्फी फेम्ड भोलाराज सापकोटाले अभिनय गर्दै छन् । भने, त्यससँगै नेपाली फिल्म र नाटकका उम्दा कलाकारहरू राजन खतिवडा, सरिता गिरी, माओत्से गुरुङ, सुरज बिस्टसँगै कान्तिपुर फिल्म एकेडेमीका कलाकारहरू सुप्रज्ञा शर्मा र सञ्जय ढुङ्गानाले पनि डेब्यु गर्दै छन् ।

पछिल्लो समय नेपाली फिल्ममा चरित्र निर्माण र प्रस्तुतिका आधारले एकदमै रुचाइएका र धेरै फिल्म निर्देशकको आँखामा परिरहेका कलाकार अर्पण थापाले पनि यो सिरिजबाट ओटी टी डेब्यु गर्न लागेको एकेडेमी सिईओ र सिरिजका क्रिएटिव प्रोड्यूसर प्रकाश पुरीले जानकारी गराए ।

सम्भवत कलाकाहरुको यो लाईनअप हेर्दा नेपाली प्रोडक्सनमा यो नेपालको अहिले सम्म कै ह्याभी वेट सिरिज बन्ने छ । विश्व बजारमा दर्शकहरूको फिल्मको टेस्ट र नेपाली फिल्मको नयाँ दर्शक खोज्ने बहस चलिरहेको बेलामा कान्तिपुर फिल्म एकेडेमीले सुरुवात गरेको यो पहल यदि सफल भएमा नेपाली फिल्म र फिल्म मेकरको लागि यो नयाँ बजार र दर्शक बनाउने अवसर पक्कै हुनेछ ।

यी सबै सिरिजहरू नेपाली भाषामा कान्तिपुर फिल्म एकेडेमीको आफ्नै प्लाट्फर्म सङै इन्डियाको एउटा ठुलो ओटी टी प्लाट्फर्मबाट पनि हिन्दी भाषामा प्रदर्शन हुने सहमति भएको प्रोडक्सन टिमले जानकारी दिएको छ ।

यस्तै, केही समय अघि एकेडेमीले वीरगन्जमा ‘मिस स्कार्लेट’ नामको सिरिज निर्माण गरेको थियो । त्यसमा पनि दिग्गज प्राविधिक र कलाकारहरूले काम गरेका थिए । साइको थ्रीलर भनिएको ‘मिस स्कार्लेट’ को अहिले पोस्ट प्रोडक्सन भइरहेको छ ।

Leave a Reply