‘नांगो गाउँ’को वर्कसप सम्पन्न, चैत १० देखि छायांकन सुरु

अभिनेताद्वय दयाहाङ राई, कार्म र अभिनेत्री मिरुना मगरको शीर्ष भूमिका रहने चलचित्र ‘नांगो गाउँ’को वर्कशप सम्पन्न भएको छ । दीपेन्द्र लामाको लेखन र निर्देशनमा तयार हुन लागेको चलचित्रको १५ दिने कार्यशालामा दयाहाङ, कर्मा, मिरुनासँगै शिशिर वाङ्देल, बुद्धि तामाङ, अंकित खड्का र रविन्द्र झा पनि सहभागी थिए ।

यसका साथै, चलचित्रको छायांकन चैत १० गतेदेखि काभ्रेमा हुने भएको छ । कलाकारहरुलाई पटकथा विश्लेषण, चरित्र निर्माण र कथ्य तथ्य संरचनाका बिषयमा प्रकाश पारिएको थियो । निर्देशक टिम र कलाकार बिचको अन्तरक्रियालाई रचनात्मक र प्रगतिशिल बनाइएको निर्माणपक्षले बताएको छ । हिमाल शर्माको निर्माण गर्ने चलचित्रलाई आलोक शुक्लाले छायांकन गर्नेछन् । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह नेपाल बाहिर रहेकाले पनि उनी वर्कशपमा सहभागी हुन पाइनन् ।

Leave a Reply