प्रदीप स्टारर ‘कामिनो’मा भित्रिइन् नीति शाह

अभिनेता प्रदिप खड्काको मुख्य भूमिकामा निर्माण हुन लागेको चलचित्र ‘कामिनो’मा नीति शाह भित्रिएकी छन् । बुधबार निर्माण टिम र नीतिबीच कागजी सम्झौता भएको हो । ‘कामिनो’मा प्रदीप र नीतिसँगै वर्षा सिवाकोटी र राजबल्लभ कोइराला पनि फाइनल भैसकेका छन् ।
एक्सेस नेपाल फिल्मस्को निर्माण,पूणर् लामा कृएटिभ डिरेक्टर र सुनील बिष्ट गौली कार्यकारी निर्माता रहेको फिल्मको स्क्रिप्ट महेश दवाडीले लेखेका हुन् ।

नेपाल र ल्याटिन अमेरिकाका बिबिध स्थानमा छायांकन हुने फिल्म प्रेम,रोमान्स र सस्पेन्सले भरिएको निर्देशक ओलीले बताएका छन् । चैत्र तेश्रो साताबाट छायांकन गर्ने लक्ष्य राखिएको फिल्म सौरभ लामाले खिच्ने छन् । फिल्ममा एसडि योगी र अलिस कार्कीको संगीत,सम्राट बस्नेतको द्धन्द्ध निर्देशन र दिनेश प्रकाश महराको प्रोडक्शन डिजाइन रहेको छ । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको फिल्मको सहायक निर्देशकमा अमृतमान ओली छन् । स्क्रिप्ट लेखनमा लेखक दवाडीलाई कुञ्जन भट्टराईले सघाएका छन् ।

Leave a Reply