दयाहाङको अभिनयमा भ्वाइस अफ नेपालका विजेता करण राईको गीत ‘चङ्गा’

‘द भ्वाइस अफ नेपाल’ सिजन ४ को विजेता गायक करण राईले पहिलो आधिकारिक गीत ‘चङ्गा’ सार्वजनिक भएको छ । करणले आफ्नै युट्युब च्यानल मार्फत गीत सार्वजनिक गरेका हुन् । म्युजिक भिडियोमा अभिनेता दयाहाङ राईको अभिनय देख्न सकिन्छ ।

भिडियोलाई अनिल सुब्बाले निर्देशन गरेका हुन् । भिडियोमा अभिनेता दयाहाङसँगै गायक करण, अशिम सुब्बा, संगीता थापालगायत कलाकारको अभिनय छ । करणको ‘द काईट्स’ एल्बममा समावेश गीतमा निर्देशक, कवि तथा गीतकार प्रकाश आङ्देम्बेको शब्द छ । देबेश राईको संगीत रहेको गीतमा मिक्सिङ, मास्टरिङ पनि देबेशकै छ ।

Leave a Reply