साम्राज्ञी-पुष्पको ‘तिम्रो मेरो साथ’ र साराको ‘गुञ्जन’ आजबाट देशभर प्रदर्शन

तीजको छेको पारेर शुक्रबारदेखि दुई नयाँ नेपाली चलचित्रले देशव्यापी प्रदर्शन आरम्भ गरेका छन् । अभिनेताद्वय पुष्प खड्का, सन्दिप क्षेत्री, अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित ‘तिम्रो मेरो साथ’ र अभिनेत्रीसारा सिर्पाली, डेब्यु अभिनेता प्रितमराज सेन्चुरी र अभिनेता कबिर खड्का अभिनित ‘गुञ्जन’ हलमा लागेका हुन् ।

निर्माता रमेश एमके पौडेल निर्देशकीय डेव्यु चलचित्रमा पुष्प र साम्राज्ञीको अलावा सन्दिप क्षेत्री, इमिली लामा, सरोज खनाल, दिपिशा केसी, खड्क बहादुर पुन खबपु लगायतको मूख्य भूमिका रहेको छ । चलचित्रमा निर्देशक पौडेल स्वंयमको कथा, गीत र लगानी रहेको छ । साम्राज्ञी र पुष्पको ‘मारुनी’पछि यो दोस्रो सहकार्य हो ।

विगत दुई दशकदेखि द्धन्द्ध निर्देशकका रुपमा आफ्नो पहिचान बनाएका अष्टमान महर्जनको डेब्यु निर्देशनमा बनेको प्रेमकथानक चलचित्र ‘गुञ्जन’मा सारा, प्रितमराज र कबिरका साथमा सरोज खनाल, हिउँवाला गौतम, ऋचा थापा,रोहन शाही, निरुता स्याङतान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, अमेश न्यौपाने लगायतका कलाकारको अभिनय छ । आज नै दुई दक्षिण भारतीय चलचित्रहरु ‘बारिसु’ र ‘वाल्टेयर वीराया’ पनि प्रदर्शन भएका छन् ।

Leave a Reply