फिल्ममेकर असिम साह रास्वपाबाट बने समानुपातिक सांसद

फिल्ममेकर असिम साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट प्रतिनिधिसभामा समानुपातिक सांसद बनेका छन् । रास्वपाले निर्वाचन आयोगमा शनिबार बुझाएको १३ जनाको सांसद सूचीमा साह पनि समावेश छन् ।

साह समानुपातिकबाट सांसद बन्ने सम्भवतः एक्ला व्यक्ति हुन् । साह मुस्लिम समुदायको तर्फबाट सांसद छानिएका हुन् । प्रतिनिधिसभाको चुनावमा उनले राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट मुस्लिम खुल्ला समानुपातिक उम्मेदवारी दिएका थिए । उनले प्राइमरीमा पनि धेरै मत ल्याएका थिए ।

शाह फिल्ममेकिङमा लागेको २० वर्ष भइसक्यो । ‘दुई रुपैयाँ’ निर्देशक शाहले चलचित्र, गीत–संगीत, निर्देशन देखि दर्जनौं विज्ञापन निर्माण गरिसकेका छन् । आफ्नो व्यवसायीक कर्ममा अहोरात्र खटिरहेका शाह रहरभन्दा पनि बाध्यताले राजनीतिमा लाग्नुपरेको बताउछन् । एक युवाको रुपमा नेपालको विविधतामा एकता खोज्ने र जोड्ने हिम्मत आफूमा रहेको पनि शाह बताउछन् ।

Leave a Reply