कार्तिकको जन्मदिनमा ‘शहजादा’को फस्टलुक सार्वजनिक

बलिउडका नायक कार्तिक आर्यन आज आफ्नो जन्मदिन मनाउँदैछन् । कार्तिक आजबाट ३२ वर्षमा प्रवेश गरेका छन् । कार्तिकको मुख्य भूमिका रहेको चलचित्र ‘शहजादा’को आज फस्टलुक सार्वजनिक गरिएको छ । कार्तिकको ३२ औं जन्मदिनको अवसरमा निर्माणपक्षले चलचित्रको फस्टलुक सार्वजनिक गरेको हो । ‘शहजादा’ अल्लु अर्जुनको तेलुगु ड्रामा अला वैकुण्ठपुररामुलुको रिमेक हो, जुन २०२० मा हलमा प्रदर्शन भएको थियो।

टिजरको सुरुवात कार्तिकले सेतो घोडामा सवार भएर शाही बंगलामा पुगेपछि हुन्छ। टिजरमा कार्तिक एक्शन-प्याक अवतारमा प्रस्तुत छन्। भूषण कुमार, कृष्ण कुमार, अल्लु अरविन्द, एस राधा कृष्ण र अमन गिल द्वारा निर्मित ‘शेहजादा’ आगामी फेब्रुअरी १०, २०२३ मा प्रदर्शन हुनेछ। कमेडी एक्सन ड्रामा चलचित्रमा कृति सनन, मनिषा कोइराला, परेश रावल, रोनित रोय र सचिन खेडेकरको पनि अभिनय रहेको छ । चलचित्रलाई अभिनेता वरुण धवनका भाइ रोहित धवनले निर्देशन गरेका हुन् भने चलचित्रमा प्रीतमको संगीत रहेको छ ।

Leave a Reply