ऋर्चाले अष्ट्रेलियामा जितिन् उत्कृष्ट अभिनेत्रीकाे अवार्ड

अभिनेत्री ऋचा शर्माले अष्ट्रेलियामा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् । उनले ‘टाइटन फिल्म फेस्टिबल’ मा सर्ट फिल्म ‘ब्लड मनी’ का लागि उक्त अवार्ड जितेकी हुन् । अवार्डको वितरण भने डिसेम्बर १७ मा सिड्नीमा हुनेछ ।

ऋचाले साउदी अरबमा अपराधमा कसुरमा जेल सजाय भोग्न बाध्य भएका श्रीमानको श्रीमतीको भूमिका निर्वाह गरेकी छिन् । अशोक कुमार तिमल्सिनाको लेखन तथा निर्देशन रहेको फिल्ममा ऋचाको अलावा मिथिला शर्मा, अशोक तिमिल्सिना, पारस तिमिल्सिना, सौरभ पौडेल लगायतको अभिनय छ ।

Leave a Reply