‘हामी जनतालाई धेरै गार्हो छ’ सार्वजनिक

गीत ‘हामी जनतालाई धेरै गार्हो छ’ सार्वजनिक भएको छ । सुमधुर स्वरका धनि गायक रमण रेग्मीको स्वर, शब्द र अभिनय रहेको म्युजिक भिडीयो उनीलाई सिर्जना पोखरेल र कमल रेग्मीले साथ दिएका छिन् । जहाँ उनीहरुको जिबन्त अभिनय देख्न सकिन्छ। गायन संगै समाज सेवामा समेत सक्रिय गायक रेग्मीले यसअघि घर त लगनखेल, खुल्ला जमिन, मेसो पा छैन, तिमीलाई भेटेदेखि लगायतका गीतहरु बजारमा ल्याइसकेका छन्।

हरि लम्सालको संगीत रहेको गीतमा नेपाली जनताको समसामाहिक समस्या देखाईएको छ । गीतको म्युजिक भिडीयोलाइ केशबराज भट्टले निर्दशन गरेका हुन्। भिडीयोमा नवराज उप्रेतीको छायांकन, सबिना कुवर रेग्मीको निर्माण, दिन्सोन शाहको सम्पादन र कलर, मिनाक्षी भट्टराईको मेकअप समाबेस रहेको छ। म्युजिक भिडियोमा इन्स्टा एजुकेशन एंड भिषा सर्भिस सहकार्य गरेको छ।

Leave a Reply