पल शाहले दिए नवलपुर अदालतको फैसलाविरुद्ध उच्चमा पुनरावेदन

एक नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा नवलपुर जिल्ला अदालतबाट दोषी ठहर भएका अभिनेता पल शाहले यसविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् ।

बाल यौन दुरुपयोगको मुद्दामा २ वर्ष ६ महिना जेल सजाय र पीडित नाबालिगलाई १० लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको नवलपुर जिल्ला अदालतको आदेशविरुद्ध अभिनेता शाहले उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् । शुक्रवार शाहका अधिवक्ता कमलामोहन वाग्लेले नवलपुर जिल्ला अदालतको आदेश उल्टाएर सफाई दिन माग गर्दै निवेदन दर्ता गराएका हुन् ।

नवलपुर जिल्ला अदालतले शाहलाई सजाय सुनाए पनि तनहुँ जिल्ला अदालतमा मुद्धा विचाराधिन छ । पल शाह करिब ९ महिनादेखि तनहुँ जिल्ला कारागारमा छन् । गत फागुनमा एक नाबालिगका पिताले पलविरुद्ध तनहुँ र नवलपरासी प्रहरीमा जबर्जस्ती करणीको अभियोगमा मुद्धा दर्ता गरेका थिए ।

Leave a Reply