दयाहाङ, विपिन र प्रियंकाको ‘फूलबारी’को फर्स्टलुक सार्वजनिक

‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङले निर्देशन गरेको नयाँ मल्टीस्टारर चलचित्र ‘फूलबारी’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माता मनिष ढकालको जन्मदिनको अवसर पारेर चलचित्रको पोस्टर सार्वजनिक गरिएको निर्देशक गुरुङले उल्लेख गरेकका छन् ।

आगामी फागुन ५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको सार्वजनिक पोस्टरमा मुख्य कलाकार विपिन कार्की, दयाहाङ राई, प्रियंका कार्की, अरुणा कार्की, शिल्पा मास्के, गौमाया गुरुङलाई स्थान दिइएको छ । यशोदा फिल्मस्को ब्यानरमा निर्माण भएको सामाजिक नेपाली चलचित्रको कथा र कन्सेप्ट कमल किशोर मलपानीको हो । अभिभावक र सन्तान बीचको सम्बन्धको कथामा चलचित्रले नेपाली समाजमा सवैले भोगिराखेकै पारिवारिक सामाजिक कथा निर्देशक गुरुङले पस्किएका छन् । उपेन्द्र सुब्बाको पटकथामा विपिन र अरुणाले पाका दम्पतिको भूमिका निर्वाह गरेका छन् ।

चलचित्रमा लोकेन्द्र लेखक, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, साक्षी सिंह भण्डारी, रुजा राउत, रुपेश दाहाल, सुमित्रा गोम्जा, कायरा कार्कीलगायतको पनि अभिनय रहनेछ । फूलबारीमा जोस हेरुमको छायांकन, कालीप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत रहनेछ । मणिराम पोखरेलले कार्यकारी निर्माता रहेको चलचित्रमा मनिष ढकाल निर्माताको रुपमा रहेका छन् ।

Leave a Reply