‘तिम्रो मेरो साथ’को गीतमा टिकटक बनाएर २५ हजार जित्ने मौका

आगामी पुस २९ गते रिलिज हुने साम्राज्ञी शाह तथा पुष्प खड्का स्टारर ‘तिम्रो मेरो साथ’ले टिकटक भिडियो प्रतियोगिता आव्हान गरेको छ। निर्माता रमेश एमके पौडेलको निर्देशकिय डेब्यू चलचित्रले तिहारमा रिलिज गरेको ‘रुमालै बाटेर टाई बनाम’ बोलको गीतमा टिकटक भिडियो प्रतियोगिता घोषणा गरेको हो। चलचित्रको यो गीतले यूट्यूबमा रिलिज भएको ७ दिनमा १.१ मिलियन भ्यूज पार गरेको थियो। यस प्रतियोगितामा भाग लिन चाहने इच्छुकले गीतको बोलमा तीन वटा हयास ट्याग प्रयोग गरेर भिडियो बनाउनुपर्नेछ। उनीहरू #rumalaibatera, #timromerosath, #RameshMKPoudel ह्यासट्याग प्रयोग गर्नुपर्नेछ।

सहभागीहरूले यी ह्यासट्यागको प्रयोग गरेर भिडियोलाई आफ्नै एकाउन्टमा अपलोड गर्नुपर्नेछ। यसको अन्तिम नतिजा पुस २६ गते घोषणा गरिनेछ। यो प्रतियोगिता चलचित्रका अन्य गीतमा पनि ती गीत रिलिज भएसँगै क्रमशः लागु हुनेछ। चलचित्रमा कुल ३ वटा गीत रहेका छन्। ‘रूमालै बाटेर टाई बनाम’ बोलको गीत सुभाष भुसालको संगीतमा तयार भएको हो भने शब्द वि पाण्डेले लेखेका हुन्। यस्तै गीतमा मेलिना राई र जगदिश समालको युगल स्वर रहेको छ।

चलचित्रमा साम्राज्ञी तथा पुष्पको अलावा सन्दिप क्षेत्री, इमिली लामा, सरोज खनाल, दिपिशा केसी, खड्क बहादुर पुन(खबपु) आदिको मूख्य भूमिका रहेको छ। चलचित्रलाई सबिर श्रेष्ठ तथा बाबुराम निरौलाले संयूक्तरुपमा लेखेका हुन्। आर्यन फिल्मस् र बोधी एचडिको ब्यानरमा निर्माण भएको चलचित्रमा पासाङ लामा निर्माता हुन भने निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल तथा सुधिर पराजुली सह-निर्माताका रूपमा रहेका छन्। यसैगरी सविर श्रेष्ठ चलचित्रका कार्यकारी निर्माता हुन्।

Leave a Reply